प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेपछि प्रवक्ताले भने : अब महानगर नियमित हिसाबले चल्छ

नेपालभ्युज

प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेपछि प्रवक्ताले भने : अब महानगर नियमित हिसाबले चल्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अब महानगर कार्यालय नियमित हिसाबले चल्ने बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा आएर हाजिर गरेसँगै प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो ।

‘प्रमुख प्रशासकीय अधिकृत आज आउनु भयो । हाजिर गर्नु भयो । अब कार्यलय नियमित हिसाबले चल्छ । भोलिदेखि सबै समस्या समाधान हुँदै जानेछन्,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

यसअघि काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिृकत गुरागाईं मेयर बालेन शाह पक्षले रोक्दारोक्दै कार्यकक्षमा प्रवेश गरेका थिए ।

उनी बिहीबार दिउँसो ढोका फुटाएर कार्यकक्षमा छिरेका हुन् ।

हाजिर गर्न कार्यालय पुगेका गुरागाईंलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो । तर, कर्मचारीले नगर प्रहरीलाई रोक्दै कार्यालयमा प्रवेश गराएका हुन् । ताला तोड्ने क्रममा ढोकाको सिसा फुटेको थियो ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

महानगर मेयर शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरूको बैठक बसेको थियो ।

प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved