काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

नेपालभ्युज

काठमाडौंको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ ।

शुक्रबारदेखि वायुको वेग आज (बिहीबार)को तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् ।

बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले शुक्रबारदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आङ्शिक बदली भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved