एनसेल फाउन्डेसनको एनएसएलमार्फत शिक्षामा सहयोग पुर्‍याउने प्रतिबद्धता

नेपालभ्युज

एनसेल फाउन्डेसनको एनएसएलमार्फत शिक्षामा सहयोग पुर्‍याउने प्रतिबद्धता

काठमाडौं । एनसेल फाउन्डेसनले एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता जनाएको छ। यो सिजनभरि हुने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने फाउन्डेसनले जनाएको छ।

देशका दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने लक्ष्यसहित यो पहल गरिएको हो।

मंगलबारसम्म खेलिएका खेलको नतिजा अनुसार ११ गोलबापत २७५ शैक्षिक सामग्री वितरण हुने सुनिश्चित भएको छ। यसमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजरजस्ता आवश्यक सामग्री समावेश हुनेछन्।

‘हाम्रा समुदायहरूको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ,’ एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले भनिन्। ‘हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछौं र यस महत्त्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं।’

यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि फाउन्डेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक सामग्री वितरण गरेको थियो। एनपीएलका ६५३ चौकाबापत २,६१२ शैक्षिक सामग्री वितरण गर्ने योजना छ। हालसम्म फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीलाई ५,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरिसकेको छ।

एनएसएलको समापनपछि फाउन्डेसनले सम्बन्धित निकायसँगको सहकार्यमा शैक्षिक सामग्री वितरण गर्नेछ।

एनसेल फाउन्डेसनले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मार्फत देश र जनताको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved