स्ववियु निर्वाचन

त्रि–चन्द्रमा मतगणना : अध्यक्षमा नेविसङ्घको सुरुवाती अग्रता

नेपालभ्युज

त्रि–चन्द्रमा मतगणना : अध्यक्षमा नेविसङ्घको सुरुवाती अग्रता

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको मतगणना जारी रहेको छ ।

बुधबार बिहानसम्म २०० मतगणना हुँदा अध्यक्षमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका गोविन्द कोइराला अगाडि देखिएका छन् । उनले १०५ मत प्राप्त गरेका छन् ।

नेविङ्घबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका सागर न्यौपानेले ४४ मत पाएका छन् ।

यस्तै अखिल गठबन्धनका प्रमित विष्टले ४० मत ल्याएका छन् । अलि क्रान्तिकारीले प्रदीप भट्टले चार मत मात्र पाएका छन् ।

त्यस्तै सचिवमा स्वतन्त्र उम्मेदवार गौरव पाण्डे ७५ मतसहित अगाडि रहेका छन् । नेविसङ्घका आशिष गिरीले ७२ मत पाएका छन् ।

अनेरास्ववियुका सुमन पुलामी मगरले ३० तथा अखिल क्रान्तिकारीका अनुप खत्रीले १२ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षतर्फ नेविसङ्घका दुष्यन्त गौतम १०० मतसहित अगाडि छन् । स्वतन्त्र उम्मेदवार गणेशबहादुर शाही १८ मत प्राप्त गर्दा अनेरास्विवयुका सुवास विडारीले २९ र अखिलका बुद्ध लामा मोक्तानले १२ मत पाएका छन् ।

विवादका कारण चैत ५ गते यहाँ निर्वाचन हुन सकेको थिएन । त्यसपछि पटकपटक मिति तय भएपनि निर्वाचन प्रभावित हुँदै आएको थियो । मङ्गलबार मतदान भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved