काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व ‘ईद–उल–फित्र’ आज (सोमबार) हर्षोल्लासका साथ मनाइँदै छ ।
हिजरी संवत्को रमदान (रमजान) महिना सकिएर शव्वाल महिना सुरु भएसँगैै इस्लाम धर्मावलम्बीले ईद मनाउने गर्छन् ।
यसर्थ रमदानभरि रोजा व्रत (उपवास) बसेका इस्लाम धर्मावलम्बी आज मस्जिदमा गइ ईद–उल–फित्र मनाउँदैछन् ।
हिजरी संवत्को पात्रोअनुसार आइतबार रमदान सकिएर आज शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।
हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाहसँग पुकारा गर्छन् ।
ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दानलाई इस्लाम परम्परामा ‘जकात’ भनिन्छ ।
सरकारले यस पर्वका अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।
काठमाडौंको तीनधारा पाठशालास्थित पञ्च काश्मिरी तकिया मस्जिदमा ईद मनाउनेको भीड लागेको छ ।
जहाँ भेला भएका श्रद्धालु ‘ईद मुबारक’ भनेर एकअर्कालाई शुभकामना दिइरहेका छन् । जहाँ महिलाहरूको पनि बाक्लो उपस्थिति देख्न सकिन्छ ।
हेरौं तस्वीरमा :

Facebook Comment
Comment