काठमाडौं महानगरको अनुरोध : राजनीतिक कार्यक्रमले जात्रा सञ्चालनमा अवरोध नगरोस्

नेपालभ्युज

काठमाडौं महानगरको अनुरोध : राजनीतिक कार्यक्रमले जात्रा सञ्चालनमा अवरोध नगरोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले जात्रा सञ्चालनमा मार्गमा राजनीतिक कार्यक्रमबाट अवरोध नगर्न आग्रह गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र सङ्गठनलाई यस्तो अनुरोध गरेको हो ।

‘काठमाडौं महानगराभित्र मनाइने महत्वपूर्ण जात्रा पाहाँचर्‍हे जात्रा ११४५ (२०८१ साल चैत १५ गते) यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, वसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सञ्चालन हुने भएकोले उक्त दिन, उक्त स्थानहरूमा जात्रालाई अवरोध पुर्‍ याउने कुनै पनि सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्नु/नगराउनु हुन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

महानगरले वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन गर्न सवारी चालकहरूलाई पनि अनुरोध गरेको छ ।

‘साथै, जात्राको रुटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

आज (शुक्रबार) गणतन्त्र र राजसंस्था पक्षधरले काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । त्यसका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved