काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ । आज (सोमबार) देशभर आङ्शिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहने छ ।
कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति देशभर आङ्शिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ ।
आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
Facebook Comment
Comment