निटफेस्टको पाँचौं दिन आज जापानी र भारतीय नाटक मञ्चन हुँदै

नेपालभ्युज

निटफेस्टको पाँचौं दिन आज जापानी र भारतीय नाटक मञ्चन हुँदै

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को पाँचौं दिन आज (आइतबार) जापानी र भारतीय नाटक मञ्चन्न हुँदैछ ।

वास्तविकतालाई कल्पनासँग, आध्यात्मिकतालाई धर्मनिरपेक्षतासँग र सङ्गीतलाई नृत्यसँग मिसाउने छोटा कथाहरूको श्रृङ्खलामा बनेको जापानी नाटक ’मास्टर सोको एन्ड मर्गारिता’ मध्यान्ह १२ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । यो नाटकमा प्रेम, स्वतन्त्रता र मानव अवस्थाका विश्वव्यापी विषयवस्तुहरूको कथा समेटिएको छ ।

यसैगरी आजै दिउँसो २ र साँझ ४ः३० बजे मण्डला थिएटरमा नै भारतीय नाटक ’तमाशा’ मञ्चन हुँदैछ ।

सदत हसन मन्टोद्वारा लिखित यो नाटकले अन्तरसम्बन्धित कथाहरू प्रस्तुत गर्दछ । जसले क्षति, पश्चाताप र मानव आत्मामा द्वन्द्वको स्थायी प्रभावको विषयवस्तुहरू समेटेको छ ।

चैत ६ गतेदेखि सुरु भएको महोत्सवमा नेपालसहित १२ देशका १७ नाटक मञ्चन हुँदैछन् । महोत्सव चैत १२ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved