‘निटफेस्ट’अन्तर्गत आज दुई नाटक मञ्चन हुँदै 

नेपालभ्युज

‘निटफेस्ट’अन्तर्गत आज दुई नाटक मञ्चन हुँदै 

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आज दोस्रो दिन जापान र चीनको नाटक मञ्चन हुँदैछ ।

मध्यान्ह्र १२ र उपरान्ह्र ४:३० बजे जापान र नेपालको संयुक्त प्रस्तुति रहेको नाटक ‘कन्दाता एन्ड शकुन्तला’ र दिउँसो २ र साँझ ५:४५ बजे चीनको नाटक ‘मोचौ मोचौ’ मञ्चन हुनेछ ।

साथै, आजै दिउँसो १ बजे नेपाली बालबालिकाको प्रस्तुति ‘मिलेरेपा’ र ‘रैथाने ज्ञानको उज्यालो’ विषयमा संवाद कार्यक्रम पनि हुनेछ । चैत ६ गतेदेखि सुरु भएको महोत्सव १२ गते सम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved