स्ववियु निर्वाचन

मीनभवन क्याम्पसको अध्यक्षमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्षमा नेविसङ्घ विजयी

नेपालभ्युज

मीनभवन क्याम्पसको अध्यक्षमा अनेरास्ववियुले बाजी मार्‍यो, सचिव र कोषाध्यक्षमा नेविसङ्घ विजयी

काठमाडौं । नेपाल कमर्स क्याम्पस, मीनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले बाजी मारेको छ ।

बुधबार बिहान सम्पन्न मतगणनामा अनेरास्ववियुका उम्मेदवार विशाल रोकाहा विजयी भएका हुन् ।

तर सचिव र कोषाध्यक्षमा भने नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवारहरू विजयी भएका छन् । सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा सुशील खड्का विजयी भएका हुन् ।

अध्यक्षमा नेविसङ्घका उम्मेदवार रविन वलीलाई पछि पार्दै अनेरास्ववियुका रोकाहा विजयी भएका हुन् । ६ हजारभन्दा बढी मतदाता रहेको क्याम्पसमा रोकाहाले १ हजार ५३ मत ल्याए ।

यस्तै उनका निकटम प्रतिद्वन्द्वी नेविसङ्घका वलीले ८६० मत प्राप्त गरे ।

सचिवमा नेविसङ्घका दाहालले अनेरास्ववियुका मिलन ओझालाई पछि पारेका हुन् ।

यसैगरी कोषाध्यक्षमा नेविसङ्घका खड्काले अनेरास्ववियुका सौगात पुरीलाई हराएका हुन् ।

सदस्यहरूमा अनेरास्ववियुको झण्डै शतप्रतिशत वर्चश्व देखिएको छ । अनेरास्ववियुका मौसम आचार्य, दीपक कुमार यादव, कृतिका बडाल, रिदम थापा, अनुप कँडेल, लुकेश बुढा, रेजिना कडरिया विजयी भए । नेविसङ्घबाट भने रनवीर मिश्र मात्र सदस्यमा निर्वाचित भए ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अधिकाङ्श आङ्गिक क्याम्पसहरूमा मङ्गलबार स्ववियुको निर्वाचन भएको हो ।

अन्तिम मत परिणाम :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved