यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

नेपालभ्युज

यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका पनि रहेको उल्लेख छ ।

अमेरिकाले शनिबार हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई प्रतिक्रियास्वरुप उनीहरूविरुद्ध कारबाही अगाडि बढाएको बताएका थिए ।

आक्रमणमा मारिएकाहरूमा हुथी विद्रोहीका उच्च पदस्थ नेताहरूसमेत रहेको अमेरिकाको दाबी छ । यद्यपि, हुथी विद्रोहीहरूले भने हालसम्म यसको पुष्टि नगरेकाे बीबीसीकाे समाचारमा जनाइएकाे छ ।

यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले यमनमा अमेरिकी आक्रमण जारी रहँदासम्म आफूहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा हुथी विद्रोहीहरू विरुद्धको आक्रमणको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
जहाँ उनले लेखेका थिए, ‘इरानबाट आर्थिक सहयोग प्राप्त गर्ने हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीलाई निशाना बनाएका छन् ।’

ट्रम्पले हुथी विद्रोहीको आतङ्कले अर्बौं डलरको क्षति भएको बताएका छन् । ‘हुथी विद्रोहीहरूको डकैती, हिङ्सा र आतङ्कले अर्बौं डलरको क्षति पुर्याएको छ र मानिसहरूको जीवनलाई जोखिममा पारेको छ,’ उनले थपेका छन् ।

सम्बन्धित समाचार :

ट्रम्पको आदेशलगत्तै हुथी विद्रोहीमाथि भीषण आक्रमण, मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved