ससुराली गएर श्रीमतीको हत्या 

नेपालभ्युज

ससुराली गएर श्रीमतीको हत्या 
साङ्केतिक तस्वीर ।

जनकपुरधाम । महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही नगरपालिका– ७ भोइलका ३२ वर्षीय सत्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले शुक्रबार बिहान इँटा प्रहार गरी २४ वर्षीया श्रीमती सुधिरादेवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता डीएसपी सन्तलालप्रसाद जयसवारले जानकारी दिए ।

यादवले बल्वा नगरपालिका– ५ मनसिस्वास्थित ससुराली गएर श्रीमतीको हत्या गरेका थिए । ‘माइत बसेकी श्रीमती भेट्न आएका यादवले सुधिरादेवीसँग केही विषयमा विवाद हुँदा आवेशमा आएर इँटा प्रहार गरेको पाइएको छ,’ उनले भने ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको डीएसपी जयसवारले बताए । घटना भएको जानकारी पाएलगत्तै प्रहरीले घटानस्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved