प्रधानमन्त्री ओलीले सम्झिए सुखानीमा मारिएमा पाँच शहीद

नेपालभ्युज

प्रधानमन्त्री ओलीले सम्झिए सुखानीमा मारिएमा पाँच शहीद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको सुखानी जङ्गलमा हत्या गरिएका अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा सुखानीमा हत्या गरिएका शहीहरूको तस्वीर राख्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘झापा आन्दोलनका निहत्था योद्धाहरूलाई निरङ्कुश पञ्चायती शासकद्वारा आजकै दिन सुखानीको जङ्गलमा हत्या गरिएको थियो । जनताको मुक्तिका लागि बलिदान दिने अमर सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको साहस तथा बलिदानलाई नमन गर्दछु ।’

विसं २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा आन्दोलनका अगुवा दाहाल, घिमिरे, राजवंशी, कुइँकेल र श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved