एनसेलको ‘म्याजिक रिसोर्सेस’ अफर : आठ जीबीसम्म बोनस डेटा पाइने

नेपालभ्युज

एनसेलको ‘म्याजिक रिसोर्सेस’ अफर : आठ जीबीसम्म बोनस डेटा पाइने

काठमाडौं । एनसेलले ‘म्याजिक रिसोर्सेस’ बोनस अफर सार्वजनिक गरेको छ । जसमार्फत एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रूपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्नेछन् ।

‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् ।

यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैँ अन रिन्यूअल प्याक हालै मात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो ।

यो बोनस अफर एष्ट्रिक्स१२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved