पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नेपालभ्युज

पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो ।

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

सुरक्षाका लागि आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

पशुपति दर्शनमा आउनेलाई प्रहरीको अनुरोध : महँगा गहना लगाएर नआउनू, चोरी हुन सक्छ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved