कचनकवलमा राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै प्रचण्डको अपिल : सम्पदाको संरक्षण गर्रौं

नेपालभ्युज

कचनकवलमा राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै प्रचण्डको अपिल : सम्पदाको संरक्षण गर्रौं

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन् ।

मुलुककै होचो भूभाग कचनकवलमा सोमबार बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे ।

जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।

उनले सोमबार नै कचनकवलको हुक्काहुक्की चोक बनियानीबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए । झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । –रासस

माओवादी केन्द्रको ‘तराई–मधेस जागरण अभियान’ सुरु, यस्तो छ कार्यक्रमको तालिका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved