कलङ्कीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

नेपालभ्युज

कलङ्कीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । पैदलयात्रीलाई ठक्कर दिई सवारीसाधनसहित फरार भएका एक युवक पक्राउ परेका छन् ।

आज बिहान ७ बजे काठमाडौंको कलङ्कीस्थित दृष्टि आँखा अस्पताल अगाडि धादिङको गङ्गाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय सानु गुरुङलाई रोलरले ठक्कर दिएर फरार भएका मकवानपुरको थाहा नगरपालिका–५ का १८ वर्षीय उमेश स्याङताङलाई काठमाडौं प्रहरीले नागार्जुन नगरपालिकाबाट पक्राउ गरेको हो ।

गुरुङ मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा वल्र्डवाइड कन्स्ट्रक्सन कम्पनीको रोलरले उक्त दुर्घटना गराएको खुलेको थियो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved