केवलकार विवाद : पाथीभरामा झडप, १२ जना घाइते

नेपालभ्युज

केवलकार विवाद : पाथीभरामा झडप, १२ जना घाइते

काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप हुँदा दुवै पक्षका गरि १२ जना घाइते भएका छन् ।

झडपमा परि  नेपाल प्रहरीका ११ जना र प्रदर्शनकारी १ गरी १२ जना घाइते भएको  ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।

पाथीभरा केवलकार परियोजनाको विरोध चर्किँदै गएपछि प्रदर्शनकारीले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ७ राउण्ड अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ । प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

फागुन ६ देखि ८ गतेसम्म चलेको पदयात्राको अन्तिम दिन बिहीबार आन्दोलन थप चर्किएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved