स्वर्गद्वारीघाटमा प्रकृति लम्सालको अन्त्येष्टि, हजुरबाले दिए दागबत्ती

नेपालभ्युज

स्वर्गद्वारीघाटमा प्रकृति लम्सालको अन्त्येष्टि, हजुरबाले दिए दागबत्ती

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ ।

प्रकृतिको गृहजिल्ला रुपन्देहीको स्वर्गद्वारीघाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो ।

प्रकृतिलाई उनका ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो ।

ओडिसास्थित भुवनेश्वरमा स्नातक तह अध्ययन गर्दै गरेकी २१ वर्षीय प्रकृतिको शव बुधबार गृहनगर भैरहवा ल्याइएको थियो ।

उनको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा बुधबार साँझ घर ल्याइएको हो ।

प्रकृति केआईआईटीको छात्रावासमा यही फागुन ४ गते मृत भेटिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved