काठमाडौं । भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ ।
मङ्गलबार साँझ विश्वविद्यालयका तीन निर्देशक पक्राउ परेसँगै सङ्ख्या ६ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि एकजना भारतीय विद्यार्थी र नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको थियो ।
यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मङ्गलबार नै गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त–सह–सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको थियो ।
केआईआईटी विश्वविद्यालयकी कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत प्रकृतिको आइतबार लम्सालको मृत्यु भएको थियो । सोही घटनाको निष्पक्ष छानबिनको माग राख्दै नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए ।
Facebook Comment
Comment