अर्थमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बर्न अस्पताल पुगे गृहमन्त्री

नेपालभ्युज

अर्थमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बर्न अस्पताल पुगे गृहमन्त्री

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक अस्पताल पुगेका छन् ।

गृहमन्त्री रमेश लेखकले  कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा गृहमन्त्री लेखकले  उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए ।

स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको  प्रतिक्रिया दिए । ‘पोलेको धेरै गहिरो छैन, बाहिर पोलेको छ भन्नुभएको छ । उपचार राम्रो भइरहेको छ,’ लेखकले भने ।

उनले आगामी दिनमा सरकारले  यस्तो दुर्घटना दोहोरिन नदिने गरि व्यवस्था गर्ने समेत बताए ।

पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा बेलुन फुटेर घाइते भएका पौडेल र आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved