विदेश पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार ठगी गर्ने दुईजना पक्राउ

नेपालभ्युज

विदेश पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार ठगी गर्ने दुईजना पक्राउ

भक्तपुर । आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका र पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको उनले बताए ।

प्रनाउ नेउपानेका अनुसार अनुसन्धानका क्रममा १४ जना बेरोजगार युवाबाट ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको पाइएको छ । उनले भने, ‘पक्राउ परेको दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ठगीसम्बन्धी कसुरको दफा १४९६० बमोजिम जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।’

प्रहरीले थापा र अधिकारीबाट अरु ठगीमा परेका भए भक्तपुर प्रहरीमा आएर जाहेरी दिन आह्वान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved