शङ्खरापुर स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

नेपालभ्युज

शङ्खरापुर स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

काठमाडौं । काठमाडौंको शङ्खरापुर  नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

एनएमसी अस्पतालमा एक, शङ्खरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरे ।

चाबहिलस्थित  सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि नगरकोट गएको बा २ ख ७९५८ नम्बरको बस  फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा, ३ जनाको शङ्खरापुर अस्पतालमा, १० जनाको नेपाल मेडिकल कलेज र ३ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved