चितुवाको छालासहित धनगढीबाट एकजना पक्राउ

नेपालभ्युज

चितुवाको छालासहित धनगढीबाट एकजना पक्राउ

काठमाडौं । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक गेष्टहाउसबाट चितुवाको छालासहित एकजनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टाका नरेश साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार धनगढीको बसपार्कस्थित मिलनसार गेष्टहाउसमा बसिरहेको अवस्थामा साउदबाट झोलाभित्र लुकाइछिपाइ राखेको आठ फिट दुई इञ्च लम्बाइ र दुई फिट

दुई इञ्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको हो । साउदलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved