सौराहामा प्रणय दिवसको रौनक : खाना उत्सवदेखि डोरी तान्ने प्रतियोगितासम्म

नेपालभ्युज

सौराहामा प्रणय दिवसको रौनक : खाना उत्सवदेखि डोरी तान्ने प्रतियोगितासम्म

चितवन । प्रणय दिवसको अवसरमा सौराहामा आज (मङ्गलबार)देखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो ।

चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उक्त उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गरिने आयोजकले जनाएको छ ।

उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भुप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजातिहरूको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति रहने बताए ।

कलाकारको साङ्गीतिक प्रस्तुति, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’र‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने जनाइएको छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved