चर्चामा बालेनको र्‍याप, सार्वजनिक भएको एकदिन नबित्दै युट्युब ट्रेन्डिङमा

नेपालभ्युज

चर्चामा बालेनको र्‍याप, सार्वजनिक भएको एकदिन नबित्दै युट्युब ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ बोलको गीत सार्वजनिक भएको एकदिन नबित्दै युट्युब ट्रेन्डिङको दुई नम्बरमा चढेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको शब्द, सङ्गीत र स्वर रहेको उक्त र्‍याप १८ घण्टामा ७ लाख ५५ हजारभन्दा धेरै पटक हेरिएको छ ।

भिडिओमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुषी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ ।

‘लाज शरणम्’ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved