म्याग्दीका स्थानीयसँग प्रचण्डको अन्तरक्रिया (भिडिओसहित)

नेपालभ्युज

म्याग्दीका स्थानीयसँग प्रचण्डको अन्तरक्रिया (भिडिओसहित)

काठमाडौं । पार्टीको साख फर्काउने उद्देश्यले देश दौडाहामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला म्याग्दीमा छन् ।

म्याग्दी पुगेका प्रचण्डले त्यहाँका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्थानीयसँग अन्तरक्रिया गरेका छन् । जहाँ तातोपानी कुण्डलगायतका विषय उठेको उनको फेसबुकमा राखिएको भिडिओमा देख्न सकिन्छ ।

सो अवसरमा प्रचण्डले म्याग्दी जिल्लाको समग्र विकासमा आफूहरूको ध्याउन्न रहेको बताएका छन् । प्रचण्डसँगै नेता दिनानाथ शर्मा पनि छन् । नेकपा माओवादी केन्द्रले आज म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ। उक्त सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड सोमबार साँझ नै बेनी पुगेका हुन् ।

प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि बेनी पुगेका छन् ।

प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरूको पनि निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ। त्यसक्रममा उनले स्थानीयसँग छलफल पनि गरेका छन् । निरीक्षणपछि प्रचण्डले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताए ।

म्याग्दीको बेनीको हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गरेका प्रचण्डले कुण्ड संरक्षणमा जोड दिए । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।

आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताए ।

आफू केही वर्षघि मन्त्रीहरूसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उनले त्यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताए ।

अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरू अरू पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै  प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताए ।

बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरूको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले यसको काम अघि बढिसकेको बताए । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं,’ उनले भने ।

यसअघि तेह्रथुम, विराटनगरलगायतका ठाउँमा पनि प्रचण्ड पुगेका थिए ।

माओवादी केन्द्रले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णयसमेत गरिसकेको छ ।

हेराैँ भिडिओ :

ओलीको जन्मस्थान आसपास प्रचण्डको ‘मर्निङवाक’, देशभक्तिपूर्ण गीतसहित भिडिओ सेयर

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved