वीरगञ्ज । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरण क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै वीरगञ्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ ।
कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि.लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै आफ्ना विभिन्न ब्रान्ड लञ्च गरेको हो ।
उद्घाटन कार्यक्रम बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओरडाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
ब्रान्डका विशेषताहरू :
● XPENG G6: पाँचतारे NCAP सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज ।
● AION Y: १०० किलोवाट मोटर, २२५ एनएम टर्क र ६१.४ kWh लिथियम आइरन म्यागजिन ब्याट्रीसहित ५००+ किलोमिटर NEDC रेन्ज ।
● AION V: एलीट र लक्जरी भेरियन्टमा उपलब्ध, क्रमशः ५२० किलोमिटर र ६५० किलोमिटरको उत्कृष्ट रेन्ज । लक्जरी भेरियन्टमा चालक र अगाडिको यात्रुको लागि आठ-पोइन्ट मसाज सिट र इन-बिल्ट फ्रिज उपलब्ध छ ।
● AVATR 11: चांगान, हुवावे र CATL को सहकार्यमा विकसित यो प्रिमियम ईभी १९० किलोवाट मोटर, स्न्यापड्रागन ८१५५ प्रोसेसर, २१-इन्च अलोय पाङ्ग्रा, सफ्ट-क्लोज ढोका, पाँच-तरिकाको मसाज, १२-तरिकामा समायोज्य सिट र डुअल ब्लुटुथ कनेक्टिभिटीसहित तीनवटा उच्च-प्रविधिको स्क्रिनले सुसज्जित छ ।
● RIDDARA RD6: अफ-रोड र सम्पूर्ण भू-भागका लागि डिजाइन गरिएको यो मोडलमा २२५ मिमी ग्राउन्ड क्लियरेन्स, ३७७ किलोमिटर रेन्ज, ३८४ एनएम टर्क, V2L क्षमता, अटोम्याटिक द्वि-जोन एयर कन्डिसनिङ र छ-तरिकामा समायोज्य सिट सुविधा समावेश छन् ।
● NETA X: १८५ मिमी ग्राउन्ड क्लियरेन्स, ५०० किलोमिटर रेन्ज, V2L सुविधा, १५.६ इन्च टचस्क्रिन र छ वटा एयरब्यागसहितको मोडल । यसमा २७७० मिमी ह्वीलबेसले उत्कृष्ट आराम प्रदान गर्दछ भने वायरलेस फोन चार्जिङ, पावर टेलगेट र ADAS जस्ता स्मार्ट सुविधाहरू थपिएको छ ।
Facebook Comment
Comment