१५ वर्षीया किशोरी सामूहिक बलात्कारमा

नेपालभ्युज

१५ वर्षीया किशोरी सामूहिक बलात्कारमा

काठमाडौं । कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।

जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथी मंसिर २२ गते सामूहिक बलात्कार भएको ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सामूहिक करणीको आरोपमा दुई जना पक्राउ परेका छन् भने थप दुई जना फरार छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्। फरार हुनेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

किशोरीमाथी चार जनाको समूहबाट करणी भएको  बताइएको छ।

उनीहरूविरूद्ध जबरजस्तीकरणीमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved