कोशीका सभापति थापामाथिको आक्रमणको कांग्रेसले गर्‍यो निन्दा, कानुनी कारबाहीको माग

नेपालभ्युज

कोशीका सभापति थापामाथिको आक्रमणको कांग्रेसले गर्‍यो निन्दा, कानुनी कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ ।

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका थापामाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved