प्रधानमन्त्री ओलीको आग्रह : भूकम्पका साना–ठूला धक्का आइरहेका छन्, सतर्क रहनुहोला

नेपालभ्युज

प्रधानमन्त्री ओलीको आग्रह : भूकम्पका साना–ठूला धक्का आइरहेका छन्, सतर्क रहनुहोला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘हिजो–आज विभिन्न भागमा भूकम्पका साना–ठूला धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला,’ उनले फेसबूकमा लेखेका छन् ।

मंगलबार बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रविन्दु भएको भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

यसको बढी महसुस पूर्वी नेपालमा भएको थियो ।

तिब्बत केन्द्रविन्दु भएर ‘शक्तिशाली’ भूकम्प, पूर्वी नेपालमा बढी महसुस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved