काठमाडौं । मंगलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
तिब्बतकाे दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
याे क्षेत्र पूर्वी हिमाली जिल्लाहरू दाेलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङनजिकै पर्छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो । साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।
काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो । यसले गर्दा काठमाडौंका बासिन्दा घर बाहिर निस्किएका थिए ।
भारत, भुटान र बङ्गलादेशमा पनि भूकम्पको महसुस भएको थियो । पछिल्लो समय हिमालय क्षेत्रमा लगातार भूकम्प गइरहेको छ ।
Facebook Comment
Comment