नेपालभ्युजकर्मी पुडासैनीको देवीघाटमा गरियो दाहसंस्कार

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

नेपालभ्युज

नेपालभ्युजकर्मी पुडासैनीको देवीघाटमा गरियो दाहसंस्कार

काठमाडौं ।  हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी नेपालभ्युजकर्मी श्यामसुन्दर पुडासैनीको शनिबार देवीघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाल भ्युजमा कार्यरत पुडासैनीलाई शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात्  तादी र त्रिशूली नदीको संगम देवीघाट नुवाकोटमा दाहसंस्कार गरिएको हो ।

शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै राती १० बजे हृदयघातका कारण अचेत भएका  पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्‍याइएको थियो । तर अस्पताल पुगे लगत्तै  उनलाई चकित्सकले मृत घोषणा गरेका थिए ।

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved