जनकपुरमा बिहानैदेखि बाक्लो हुस्सु, जनजीवन प्रभावित

नेपालभ्युज

जनकपुरमा बिहानैदेखि बाक्लो हुस्सु, जनजीवन प्रभावित
फाइल तस्वीर

काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरमा आज (शुक्रबार) बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यसले गर्दा जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सुका कारण यातायात आवागमनमा केही कठिनाइ भएको छ ।

अगाडिको दृश्य प्रष्ट नदेखिने भएकाले कतिपय सवारीसाधन बिहान उज्यालो हुँदासमेत लाइट बालेर हिँडिरहेका देखिन्छन् ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा जनकपुरसँगै तराई–मधेसका धेरै स्थानमा हुस्सु लागेको छ ।

शनिबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved