काठमाडौं । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच काठमाडौंको गोकर्णेश्वरस्थित देशेंमा सोमबारदेखि नचाउन सुरु भएको छ । सोमबार साँझ नचाइएको नाच मंगलबार (आज) बिहान पनि नचाइने छ ।
इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवि राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा यसको सुरुवात गरेका थिए ।
सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधिद्वारा देवदेवीलाई आह्वान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याइएको बताइन्छ ।
नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन् ।
आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ ।
नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने र सबै प्रकारका डर-त्रासबाट मुक्ति मिल्ने जनविश्वास छ ।
हेरौं तस्वीरमा :

Facebook Comment
Comment