ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले पक्राउ गरेको थियो । उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved