एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

नेपालभ्युज

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

“अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” उपमहासचिव ज्ञवालीले भने ।

यस्तै बैठकले पुस २१ र २२ गते च्यासलमा बस्ने गरी केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको छ ।

बैठकमा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved