जनकपुर बोल्टस्‌का समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग

नेपालभ्युज

जनकपुर बोल्टस्‌का समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको आक्रमण र अपमानप्रति विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

शनिबार सम्पन्न एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका समर्थकलाई लक्षित गर्दै नश्लीय सोचबाट प्रेरित केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको घटनाले मधेसी समुदायलाई चोट पुर्‍याएको जनमत पार्टीको भनाइ छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा यस्तो घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूमाथि तत्काल कारबाहीको माग गरिएको छ ।

‘यसप्रकारको आक्रमणले नश्लीय विभेदलाई उक्साउँछ र यसलाई समाजले स्विकार्न सक्दैन’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनमत पार्टीले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved