काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूका लागि आफूलाई मनपर्ने एनपीएलका टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरूले एनपीएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्नेछन् ।
बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेका छन् । धेरै ग्राहकहरू आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् ।
ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन् । एनसेलको पीआरबीटी एक विशेष सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरू बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् ।
‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसै गरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधि अनुसारमा टोन राख्न सकिन्छ ।
जस्तै कुनै ग्राहकले आफूले गाडी चलाइरहेको छ भने उसले फोन गर्नेहरूलाई आफूले गाडी चलाइरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफूलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रूपमा पनि राख्न सक्छन् ।
प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र ३१ रुपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ । यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औधी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरू गीतहरू पनि हरेक संगीतप्रेमीको इच्छा अनुसार छान्न सकिन्छ ।
एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको छ ।
Facebook Comment
Comment