अनेरास्ववियुको महाधिवेशन आगामी चैत मसान्तभित्र

नेपालभ्युज

अनेरास्ववियुको महाधिवेशन आगामी चैत मसान्तभित्र

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले २४औं राष्ट्रिय महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने भएको  छ ।

बुधवार बसेको सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति र स्थान भने स्ववियुको चुनावलाई असर नपर्नेगरी घोषणा गर्ने निर्णय भएको सचिव आरती भट्टराईले जानकारी दिईन् ।

यस्तै बैठकले आगामाी २५–२६ पुसमा अखिलका जिल्ला अध्यक्षहरुको उपस्थितिमा स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले  तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरी दबाव सिर्जना गर्ने पनि निर्णय गरेको पनि उनले बताईन् ।

त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टको धर्ना र माग अविलम्ब पुरा गर्न पनि बैठकले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved