पूर्वमेयर सिंहको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म कांग्रेसको कार्यालयमा राखिने

नेपालभ्युज

पूर्वमेयर सिंहको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म कांग्रेसको कार्यालयमा राखिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पूर्वप्रमुख) स्वर्गीय पीएल सिंहको पार्थिक शरीरलाई आज दिउँसो १ बजेसम्म सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

कांग्रेसका नेतासमेत रहेका सिंहको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिएको छ ।

त्यसपछि सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेसम्म राखिने पारिवारिक स्रोतले जनाएको छ । यसपछि उनको आजै अन्त्येष्टि गरिनेछ ।

पूर्वमेयर सिंहको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

यसैबीच काठमाडौं महानगरले आफ्ना पूर्वमेयर सिंहको निधनमा शोक बिदा दिएको छ ।

काठमाडौं महानगरमा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्याएको योगदानको उच्च सम्मान गर्दै आज शोक बिदा निदे निर्णय गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो सार्वजनिक बिदा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved