एनपीएलमा अनलाइन जुवा, कीर्तिपुरबाट थप तीन जना एजेन्ट पक्राउ

आयोजक क्यान र फ्रेन्चाइजी टिम आफैँले बेटिङको प्रचारप्रसार गरेको भन्दै आलोचना भइरहँदा सिआइबीले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको हो ।

नेपालभ्युज

एनपीएलमा अनलाइन जुवा, कीर्तिपुरबाट थप तीन जना एजेन्ट पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

आयोजक क्यान र फ्रेन्चाइजी टिम आफैँले बेटिङको प्रचारप्रसार गरेको भन्दै आलोचना भइरहँदा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको हो ।

सीआईबीका एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको थिए ।

पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन् । हालसम्म सनातजना पक्राउ परेका छन् ।

एनपिएलमा सट्टेबाजी तथा बेटिङ जस्ता आपराधिक क्रियाकलाप हुने भन्दै सिआइबीले कीर्तिपुरमा प्रहरी परिचालन गरेको छ ।

प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो  । यसअघि पक्राउ परेका सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार छन् ।

उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो ।

सिआइबीले उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको हो । पछिल्लो समय एनपिएलमा बेटिङको प्रचारप्रसार गरेको भन्दै आलोचना हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved