कीर्तिपुरमा सर्वदलीय बैठक सकियो, मतगणना आजै

नेपालभ्युज

कीर्तिपुरमा सर्वदलीय बैठक सकियो, मतगणना आजै

काठमाडौं । कीर्तिपुर नगरपालिकाको सर्वदलीय बैठक सकिएको छ । बैठकले  मतगणना आजै  सुरु गर्ने निर्णय गरेको छ । जसअनुसार सुरुमा वडा नम्बर १ मा मेयरको त्यसपछि वडाध्यक्षको मतगणना सुरु गर्ने निर्णय गरिएको छ ।

यसैगरी वडा नम्बर ४ मा पनि सुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु हुने बताइएको छ  । त्यसपछि क्रमशः वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने बैठकले निर्णय गरेको छ ।

अबको केही बेरमा खाना खाएर ढिलोमा १० बजे मतगणना सुरु हुने बताइएको छ । सोमबार बिहान सम्म वडा नं १ र ४ को वडा अध्यक्षको नतिजा आइसक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved