महोत्तरीको रामगोपालपुर- २ मा मतगणना सुरु

नेपालभ्युज

महोत्तरीको रामगोपालपुर- २ मा  मतगणना सुरु
फाइल फोटो

महोत्तरी । महोत्तरीको रामगोपालपुर वडा २ मा स्थानीय तह उपनिर्वाचनकाे मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकमा सहमति भएपछि साँझ ६:४५ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

रामगोपालपुर नगरपालिका  २ माेहनपुर स्थित नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालयमा मतदान केन्द्रमा जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत  कोइरालाले जानकारी दिए ।

उनका अनुसार  बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved