सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी छ : सभापति देउवा

सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी छ  : सभापति देउवा

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी रहेको बताएका छन् ।

जनकपुरधाम–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्व सदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्ध कदको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि कांग्रेसको सशस्त्र आन्दोलनको क्रममा बम प्रहार गर्नका लागि खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका ठाकुर जस्ता नेताका कारण नै मुलुकमा संघीय लोकतान्त्रिक अभ्यासमा आफूहरु रहेको बताए।

उनले मुलुकमा विभिन्न परिवर्तनको लागि सहिद भएका र जेलनेल सहितको यातना पाएकाहरूको कारणले धेरै परिवर्तनहरू भएको बताउँदै जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए।

पूर्व उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठूलो योगदान दिएका नेता  ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए। यस्तै सह–महामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाहरूको निर्माणका साथै जनतालाई धेरै अधिकार दिएको बताउँदै अहिले पनि देश तथा मधेसको हित चाहने पार्टी कांग्रेस नै भएको दाबी गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved