सीजी मोटर्सको नयाँ सर्भिस सेन्टर बागडोलमा 

नेपालभ्युज

सीजी मोटर्सको नयाँ सर्भिस सेन्टर बागडोलमा 

काठमाडौं । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सको नयाँ सर्भिस सेन्टर ललितपुरको बागडोलमा उद्घाटन भएको छ । कम्पनीले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै सोमबार ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको हो ।

यो काठमाडौं भ्याली मा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चार वटा सेवा केन्द्र पुगेका छन् ।

उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद् सदस्य डा. विनोद चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved