नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक पल्टियो

नेपालभ्युज

नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक पल्टियो

काठमाडौं ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना भएको छ  ।

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बेलुका पौने सात बजेतिर चामल बोकेको ट्रक सडक किनारमा पल्टिएको हो ।

ट्रक  पल्टिँदा  च्यापिएका ४ जनामध्ये २ जनालाई उपचारका लागी लगिएको  र  २ जना च्यापिएकै अवस्थामा रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved