घरायसी विवादको उग्ररुप : चिर्पट प्रहार गरी श्रीमान्‌को हत्या

नेपालभ्युज

घरायसी विवादको उग्ररुप : चिर्पट प्रहार गरी श्रीमान्‌को हत्या
साङ्केतिक तस्वीर ।

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।

मंगलबार बिहान दीपाले चिर्पटले श्रीमान‍्को टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार चिर्पटले टाउकोमा प्रहार गरिएका मधु मृतावस्थामा रहेको खबर १८ वर्षीय छोरा खिम कुमालले प्रहरीलाई गरेका थिए ।

सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ । शव भने परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घरायसी विवादका कारण दीपाले श्रीमान‍्को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved