बिनाभिसा नेपाल प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी नागरिक पक्राउ

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी महेशराज विष्टले बताए । उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ ।

नेपालभ्युज

बिनाभिसा नेपाल प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी नागरिक पक्राउ

झापा । प्रवेशाज्ञा (भिसा) बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी महेशराज विष्टले बताए । उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ ।

उक्त कार्यालयले बिहीबार उनीहरूलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved