राईलाई कार्यवाहक दिएर बेलायत उडे प्रहरी महानिरीक्षण कुँवर

नेपालभ्युज

राईलाई कार्यवाहक दिएर बेलायत उडे प्रहरी महानिरीक्षण कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान संयुक्त राज्य बेलायत उडेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा स्कटल्याण्डको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म हुने इन्टरपोलको ९२औँ महासभामा सहभागी हुन कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आफ्नो अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने जिम्मा कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई दिएका छन् ।

नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि बेलायत प्रस्थान गरेका छन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरेका छन् ।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू महासभामा सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved